काठमाण्डौ, १४ असार । साविक विजेता पोर्चुगललाई १–० ले हराउँदै युरोकप २०२० को खेलमा बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको खेलमा   पोर्चुगल प्रि -क्वाटरफाइनलबाटै बाहिरिएको छ।  बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको  छ ।

बेल्जियमको जितमा थोर्गन हाजार्डको एक मात्र गोल नै निर्णायक बन्यो  । खेलको  ४२औं मिनेटमा  थोमस मुनिएरको पासमा थोर्गन हजार्डले डी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।थोर्गन बेल्जियमका कप्तान इडेन हाजार्डका भाई हुन्।

फिफा वरियतामा हाल पहिलो नम्बरमा रहेको बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगललाई निरिह बनायो । समूहचरणमा पांच गोल गरेका रोनाल्डो बेल्जियमलाई भने गोल गर्न सकेनन ।

प्रतिक्रिया

सम्बन्धित खवर