काठमाडौँ, १३ असार । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका कानुन व्यवसायीका तर्फबाट गरिएको वहस सकिएको छ । ुरिट निवेदकलाई दिइएको १२ घण्टा समय सकिएको जानकारी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दिनुभएको थियो ।
उहाँले विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने पनि जानकारी दिनुभयो ।
विपक्षीका लागि वहस समय १५ घण्टा समय छुट्याइएको छ ।
त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिने र सो सकिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछन् ।
