खलङ्गा (दार्चुला), ३१ भदौ । दार्चुलामा मंगलबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मालिकार्जुन गाउँपालिका–७ श्रीपुरका ४३ वर्षीय भोजराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चट्याङ लागेर जोशीको घट्नास्थलमै मृत्यु भएको हो । घटनास्थल जिल्ला सदरमुकामबाट टाढा रहेका कारण जोशीको शव जिल्ला अस्पताल दार्चुला ल्याएर पोष्टमार्टम गरिएको उहाँले बताउनुभयो ।
