काठमाडौँ, २८ भदौः। नेपाली काँग्रेसले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका सबैलाई पार्टीको वर्तमान केन्द्रीय समितिमा सहभागी गराउने निर्णय गरेको छ।

कार्यसम्पादन समितिको आजको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने गरी निर्णय गरेको छ ।

आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशनलाई महाउत्सवका रूपमा मनाउने निर्णय काँग्रेसले गरेको छ।

बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो  ‘अघिल्लो समितिमा रहेका सबैलाई केन्द्रीय समितिमा आउन औपचारिक आह्वान गरिन्छ। उहाँहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिकै रूपमा क्रियाशील रहनुहुनेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर