काठमाडौ, १७ भदौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन शाहलाई अहङ्कार र घमण्ड नदेखाउन चेतावनी दिदै भन्नुभयो बाढीपहिरो प्रभावितको उद्धारमा सरकार पूर्णरुपमा असफल सिद्ध भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले सो वताउनुभएको हो ।
संयोजक दाहालले सरकार उद्धार कार्यमा सफल नभएको जनगुनासो चौतर्फी सुनिएको उल्लेख गर्दै भन्नुभयो, ‘हामी कसैले पनि ढाँटेर र लुकाएर हुँदैन, उद्धारमा सरकार असफल भयो। सरकारले घमण्ड गर्न छाडेर यसबाट शिक्षा लिनुपर्छ।’
सुरुङभित्रको उद्धार कार्यमा सरकारको कार्यशैली विरोधाभासपूर्ण रहेको भन्दै उहाँले आलोचना गनुर्भभयो । सुरुका दुई दिनसम्म हामी आफैँ गर्छौं भन्दै विदेशी विज्ञहरूको सहयोग लिन ढिलाइ गरेको र अन्त्यमा लाचार भएर हात उठाएको उहाँको भनाइ थियो विपद्को समयमा यस्तो महत्त्वाकांक्षा र अहङ्कार प्रदर्शन हुनु दुःखद कुरा हो ।
दाहालले उद्धारमा सेना परिचालन गरिए पनि व्यापक जनपरिचालन हुन नसकेको र तीनै तहका सरकारबीच समन्वयको चरम अभाव देखिएको बताए। उनले सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता तथा मन्त्रीहरूलाई लक्षित गर्दै सबै पक्षलाई विश्वासमा लिएर सहकार्यको वातावरण बनाउन आग्रह गरे।
रसुवा बाढीपछि सुरुङमा मानिस फसेको जानकारी समयमै सरकारलाई गराएको.सांसद शाही
बैठकमा सांसद ज्ञानेन्द्र शाहीले रसुवा बाढीपछि सुरुङमा मानिस फसेको जानकारी समयमै सरकारलाई गराउँदा पनि उद्धारका लागि ढिलाइ भएको बताउनुभएको छ ।

सांसद शाहीले आफूले बाढी आएको दिन दिउँसो २ बजेसम्म गृह मन्त्रालयको विपद् व्यवस्थापन शाखामा पुगेर सुरुङभित्र मानिस रहेको जानकारी गराएको भन्दै फोन नम्बरसहितको विवरण गृहमन्त्रीसमेतलाई जानकारी गराए पनि आफ्नो आवाज नसुनिएको गुनासो गर्नुभयो ।
शाहीका अनुसार सुरुङको अवस्थाबारे अनुगमन गर्न ७२ घण्टापछि मात्रै टोली पुगेको र ९६ घण्टापछि उद्धार टोली सुरुङमा प्रवेश गरेको र त्यो पनि सरकारी टोली नभई पर्वतारोही तथा सुरुङबाट बाहिर निस्किएका व्यक्तिको सहयोगमा उद्धार प्रयास भएको उहाँले बताउनुभयो।
उहाँले उद्धारका लागि आवश्यक उपकरण र दक्ष जनशक्ति परिचालन गर्ने कार्यकारी अधिकार सांसदसँग नभएको भन्दै सरकार र सम्बन्धित मन्त्रीहरूले तत्काल निर्णय गरेर स्रोतसाधन परिचालन गर्नुपर्ने बताउनुभयो।
अन्तर्राष्ट्रिय समुदायले राहत सामग्रीसँगै विज्ञ तथा प्राविधिक सहयोग उपलब्ध गराउन खोजेको भए पनि त्यसको स्वीकृति तथा परिचालनमा समेत ढिलाइ भएको शाहीको आरोप छ। उहाँका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहयोग ९६ घण्टापछि मात्रै स्वीकृत गरिएको थियो।
शाहीले विपद्को समयमा स्थानीय तहलाई समेत प्रभावकारी रूपमा परिचालन गर्न सरकार असफल भएको आरोप लगाउँदै प्रभावित क्षेत्रमा वडा अध्यक्ष र गाउँपालिका उपाध्यक्षसमेत बेपत्ता भएको तथा स्थानीय तहका प्रमुखहरूले सरकारसँग समन्वय नभएको सार्वजनिक रूपमा बताइरहेको उहाँले उल्लेख गर्नुभयो ।
‘
