काठमाडौ, २१ साउन । नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसला पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति (निस्सा) दिएको छ।

प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज सुनुवाइका लागि निस्सा प्रदान गर्ने आदेश दिएको हो।

सर्वोच्च अदालतबाट अघिल्लो फैसलाको पूर्णपाठ प्राप्त भएपछि शेरबहादुर देउवाले गत साउन ६ गते (वारिसमार्फत साउन ७ मा) र पूर्णबहादुर खड्काले साउन १२ गते छुट्टाछुट्टै पुनरवलोकन निवेदन दर्ता गराएका थिए। निवेदनमा यसअघिको आदेश स्थापित नजिर, कानुनी सिद्धान्त एवम् प्रचलित कानुन प्रतिकूल रहेको दाबी गरिएको छ।

यसअघि गत वैशाख ४ गते न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापाको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। सोही आदेशमार्फत निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै देउवा पक्षले दायर गरेको रिट खारेज भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर