काडमाडौ, २० साउन । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा बन्द भएको छ।

मंगलबार ४ अर्ब ७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ४ अर्ब ४० करोड रूपैयाँ पुगेको छ।

यसदिन ३४३ वटा धितोपत्रको एक करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर किनबेच भएको हो।

आज १२२ कम्पनीको सेयरमूल्य बढेको छ भने १४३ वटाको घटेको छ। यस्तै ११ कम्पनी स्थिर छन्। सोलु हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६७२ रूपैयाँ ७० पैसा पुगेको छ।

यस्तै, शिखर पावरको मूल्य ५.९१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६९९ रूपैयाँ कायम भएको छ। यसैगरी, एभरेस्ट कलरको मूल्य सर्वाधिक ९.०३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५७५ रूपैयाँमा झरेको छ।

यसैगरी, ९.५५ मन्जुश्री फाइनान्स डिबेन्चर २०८५ को मूल्य ६.०२ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार ११६ रूपैयाँमा सीमित भएको छ। बुधबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६७२ रूपैयाँ ७० पैसामा ५८ करोड १० लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ।

उक्त कम्पनीको ३८४ रूपैयाँमा ३४ करोड ८४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको घटेको छ।

यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १।६० प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर