काठमाडौ, ९ साउन । क्रकोच जनता पार्टीको ३६ दिन लामो आन्दोलनपछि भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् ।
नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर प्रधानले पदबाट राजीनामा दिएपछि सो पार्टीले क्रकोचहरुको जित भएको भन्दै उत्सव मनाएको छ।
शिक्षा मन्त्री प्रधानको राजीनामा लगत्तै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै ककरोच जनता पार्टीले यो जित आन्दोलनरत पक्षको भएको जनाएको छ।
सीजेपीले ३६ दिनदेखि दिल्लीको जन्तरमन्तरमा मन्त्री प्रधानको राजीनामालाई मुख्य सर्त बनाएर निरन्तर आज्दोलन गर्दै आएको थियो जसमा चर्चित सामाजिक अभियन्ता सोनम वाङ्गचुकले समेत ऐक्यबद्धता जनाएका थिए।
आन्दोलनकारीहरूले शिक्षामन्त्रीको राजीनामाबाहेक अन्य कुनै पनि विकल्प स्वीकार नगर्ने अडान राख्दै आएका थिए।
मन्त्रीको राजीनामापछि सीजेपीले सरकारसामु नझुकी निरन्तर सङ्घर्ष गर्दा सफलता मिल्ने बताएको छ। उसले भनेको छ झुक्छ संसार, झुकाउने मान्छे चाहिन्छ ।
