काठमाडौँ, २ साउन : वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिनुभयो ।

कार्यालयका लागि गत आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

भन्सार विभागले गत आर्थिक वर्षभरिमा देशभरका सबै भन्सार कार्यालयबाट रु पाँच खर्ब ८८ अर्ब २५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । विभागको कुल वार्षिक लक्ष्यमा वीरगन्ज कार्यालयको योगदान ४१ दशमलव ४५ प्रतिशत रहेको छ ।

कार्यालयले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो । साथै पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रू १९ अर्ब ३४ करोड, चैतमा रु २२ अर्ब ८२ करोड, वैशाखमा रु २१ अर्ब ७४ करोड, जेठमा रु २२ अर्ब ३२ करोड र असारमा रु २२ अर्ब चार करोड राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर