काठमाडौं, युरोप फुटबलको अन्तिम १६ को समीकरण तय भएको छ । समूह चरणबाट तेस्रो स्थान प्राप्त गर्ने मध्येकोअन्तिम चारमा जाने टोली टुंगिएसँगै नकआउट समीकरण तय भएको हो । ११ जुनबाट सुरु भएको प्रतियोगितामा २४ वटा टिमलाई ६ वटा समूहमा बाँडिएको थियो।
६ समूहको शीर्ष दुई र समूहको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।समूहविजेताका रूपमा इटाली, बेल्जियम, नेदरल्यान्ड्स, इंग्ल्यान्ड, स्विडेन र फ्रान्सले दोस्रो चरणको यात्रा तय गरे । यस्तै वेल्स, डेनमार्क, अस्ट्रिया, क्रोएसिया, स्पेन र जर्मनी समूहको उपविजेता बने । स्विजरल्यान्ड, युक्रेन, चेक गणतन्त्र र पोर्चुगल भने तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बने ।
अन्तिम १६ को टुंगो भएसँगै कुन टिमले कुन टिमसँग प्रतिस्पर्धा गर्ने भन्नेसमेत टुंगो लागेको छ।
वेल्स भर्सेस डेनमार्क: शनिवार बेलुकी पौने १० बजे
इटली भर्सेस अस्ट्रिया: शनिवार राति पौने १ बजे
नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक : आइतवार बेलुकी पौने ९ बजे
बेल्जियम भर्सेस पोर्चुगल : आइतवार राति पौने १ बजे
क्रोएसिया भर्सेस स्पेन : सोमवार बेलुकी पौने १० बजे
फ्रान्स भर्सेस स्वीजरल्याण्ड : सोमवार राति पौने १ बजे
इङ्ग्ल्याण्ड भर्सेस जर्मनी: मंगलवार बेलुकी पौने १० बजे
स्वीडेन भर्सेस युक्रेन: मंगलवार राति पौने १ बजे
