काठमाडौँ, २१ असार । लघु, घरेलु तथा साना उद्यमीहरुको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवशेन आजदेखि राजधानीमा प्रारम्भ भएको छ ।

ललितपुरको जावलाखेलमा भइरहेको महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।

महाधिवेशनमा विगतका नीति, कार्ययोजना र कामको समीक्षा, सङ्गठनात्मक अप्ठयारा पहिचान, विधान संशोधन, बदलिँदो आर्थिक परिवेश र चुनौती समाधान गर्न भावी कार्यक्रम र रणनीतिक योजना तयसँगै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालले जानकारी दिनुभयो ।

रोजगारी सिर्जना, उद्यमशीलता विकास, स्थानीय स्रोतको उपयोग तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन साना तथा मझौला उद्योगको महत्वपूर्ण भूमिका रहेको महासङ्घले जनाएको छ ।

२५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई घरेलु तथा साना र २५ करोडभन्दा बढी स्थिर पुँजी भएको उद्योगलाई मझौला उद्योग भनिन्छ । आर्थिक सर्वेक्षण २०८२र८३ अनुसार चालु आवको फागुनसम्म सात हजार ३६३ साना उद्योग र दुई हजार २३७ मझौला उद्योग दर्ता भएका छन् ।

महासङ्घका अनुसार मुलुकभर नौ लाख ८४ हजार साना तथा मझौला उद्योग सञ्चालनमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर