दमौली, ४ असार । शहिदपुत्री लक्ष्मी वचाउ समिति गठन गरिएको छ । समितिको संयोजकमा प्रजातन्त्र सेनानी संघ तनहँुका अध्यक्ष समुन्द्र गोदार चयन हुनुभएको छ ।

उपसंयोजकमा चितवनका अध्यक्ष्य युवराज अधिकारी तथा सदस्यहरुमा प्रदिप घिमिरे, इन्दिरा खनाल,कृष्णहरी गैरे, क्या.खिलावहादुर थापा, चिजकुमार आले र आशा गुरुङ हुनुहुन्छ ।
यस्तै ५ सदस्यिय सल्लाहकार समितिमा रामचन्द्र पोखरेल, वैकुण्ठनाथ न्यौपाने, तेजप्रकाश पंडित, राजेश्वर खनाल र तोपमान गुरुङ रहनु भएको छ ।
समितिल े सहिद पुत्री वचाउ अभियानलाई सहयोग गर्न सवैमा आव्हान समेत गरेको छ । सहयोग रकम पठाउन माछापुच्छ्रे वैंकको खाता नं.१४०१०१०३५१४०००१९ रहेको छ ।

तात्कालिन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको हत्या गरेपछि नेपाली कांग्रेसले सो कदम विरोधमा शसस्त्र आन्दोलनको घोषणा ग¥यो । सोही आन्दोलनमा २०१८ सालमा भरतपुर कव्जा गर्ने सशक्त योध्दा थिए वुध्दसिंह राना । पछि सेनाले अमानविय तरिकाले रानाको हत्या ग¥यो । उनको नाममा तनहँुको सदरमुकाम दमौली देखि घुमाउने जोड्ने राजमार्गको नाम वुध्दसिंह मार्ग राखिएको छ ।

उनकी एकमात्र छोरी लक्ष्मी आलेको स्वास्थ्य एकदम कमजोर रहेको छ । घरको आर्थिक अवस्था पनि झनै कमजोर छ । भरतपुर नगरपालिकाको ऐलानी जमिनमा वस्दै आइरहनु भएको छ ।ज्याला मजदुरी गरेर उहाँको जीवन चलिरहेको वताइन्छ । स्वास्थ्यमा प्रतिकुल अवस्था देखेर तेह्रथुम पूर्व कांग्रेस सभापति तेजप्रसाद सिटौलाले रु २१ ह्जार सहयोग गर्नुभएको छ र अन्य महानुभावहरुलाई पनि सहयोगका लागि हार्दिक अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर