काठमाडै, ६ असार । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि उपत्यकामा गरिएको निषेधाज्ञा निजी सवारीसाधन जोरबिजोर प्रणाली लागु गर्दै असार ८ गतेदेखि १४ गतेसम्म बढाइएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज वसेको बैठकले सो निर्णय गरेको हो ।

यसैगरी ट्याक्सीले पनि दूरी कायम गर्दै यात्रु राखेर जोरबिजोर प्रणाली अनुसार सेवा दिन पाउने तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन नपाइने निर्णय भएको छ ।
यसैगरी खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोर, तरकारी, मासु र दुग्धजन्य पदार्थ विक्री तथा वितरण गर्ने पसलहरू भने पहिलेकै जस्तो बिहान ११ बजेसम्म खुल्न पाउने भएका छन् ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर