धुलिखेल, १ मंसीर । काभ्रेपलाञ्चोकको पाँचखालको शिखरपुरस्थित ह्वाई पार्क रिसोर्टबाट छापा मार्दा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका मध्ये पाँच महिला र ३१ पुरुष रहेका छन् ।
पक्राउ परेका चिनिया नागरिकहरुले लामो समयदेखि त्यहाँ शंकास्पद गतिविधि गरी बसेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। उनीहरुबाट ठुलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरिएको डिएसपी रबिन बिष्टले बताउनुभयो । तिनीहरुले अनलाइन ठगीसम्बन्धि धन्दा चलाएको हुनसक्नेआशंका गरिएको छ।
