काठमाडौं, २७ कात्तिक । आज नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा अडिएको छ ।

आज ३३५ वटा स्क्रिप्सको ७८ लाख ४४ हजार २६७ कित्ता सेयर ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार ७२५ रुपैयाँमा खरिदबिक्री भयो । कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर सर्वाधिक ७.५६ प्रतिशतले बढ्यो।

सामलिङ पावर कम्पनी र एसियन हाइड्रोपावरको सेयर ५र५ प्रतिशतले बढ्दा बेनी हाइड्रोपावर प्रोजेक्ट र सोपान फर्माक्युटिकल्सको सेयर ३र३ प्रतिशतले बढ्यो। कारोबारमा आएकामध्ये ११० वटा स्टक्सको मूल्य बढ्दा १६० वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

 

प्रतिक्रिया

सम्बन्धित खवर