काठमाडौँ, १९ कात्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन नभएको स्पष्ट पार्नुभएको छ ।
सभापति थापाले आज दिनुभएको एक भिडियो सन्देशमा बताउनुभएको हो । सन्दैशमा उहाँले इनम सापकोटाले भनेको भरमा जवाफ दिइरहन जरुरी नभए पनि केही कुरा प्रस्ट पार्न आवश्यक रहेको बताउनुभएको छ ।
ुहामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो । अनुसन्धनले दूधको दूध पानीको पानी छुट्टिन्छ । हामी त्यसकै प्रतीक्षामा छौं,ु उनले भने । यस विषयमा आफूहरुलाई होइन सही ठाउँ प्रश्न सोध्न पनि उहाँले आग्रह गर्नुभयो । ुइनम अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्, त्यहाँ सोध्ने हो । अनुसन्धान निष्पक्ष भइरहेको छ छैन भनेर हेर्ने हो । कोको जोडिन्छन्, त्यो खोतल्ने हो,ु उहाँले भन्नुभयो ।
सभापति थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नउभिएको पनि प्रस्ट पार्नुभएको छ ुमेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन,ु उनले भने, ुयति नभई मलाई लड्ने कसरी आँट आउँथ्यो ? आफ्नो पार्टीको सरकार हुँदा त गलत भएका बोल्न छाडिएन ।ु
