काठमाडौ, १९ कात्तिक । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएर डा. मनोजकुमार केसीलाई सो पदमा नियुक्ति दिएको निर्णय विरुध्द दानबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको छ ।

सरकारले हिजो कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

सर्वोच्च स्रोतका एक अधिकारीका अनुसार सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको र सो रिट दर्ता प्रक्रियामा रहेको छ ।
कार्कीले आफ्नो कार्यकाल बाँकी रहँदै प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिएका हुन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर