काठमाडौँ,१७ भदौ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ६३ पैसा र बिक्रीदर १५२ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ७८ पैसा र बिक्रीदर १७६ रुपियाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ३० पैसा र बिक्रीदर २०६ रुपियाँ ११ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ २३ पैसा र बिक्रीदर १८७ रुपियाँ ९७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ३२ पैसा र बिक्रीदर १०८ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३२ पैसा र बिक्रीदर १०९ रुपियाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ०९ पैसा र बिक्रीदर ११९ रुपियाँ ५६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५६ पैसा र बिक्रीदर २२ रुपियाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ३९ पैसा र बिक्रीदर ४० रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ६० पैसा र बिक्रीदर ४१ रुपियाँ ७६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ २९ पैसा र बिक्रीदर ४१ रुपियाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ०४ पैसा र बिक्रीदर ११ रुपियाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८१ पैसा र बिक्रीदर १५ रुपियाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५२ पैसा र बिक्रीदर २३ रुपियाँ ६१ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३४ पैसा र बिक्रीदर १९ रुपियाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ६७ पैसा र बिक्रीदर ४९५ रुपियाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ १७ पैसा बिक्रीदर ४०३ रुपियाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपियाँ ८४ पैसा र बिक्रीदर ३९५ रुपियाँ ४० पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
