ग्यिरोङ, १४ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन नेपाल सीमाको ग्यिरोङ नाकामा अगस्त २६ मा गएको पहिरोपछि २३ देशका २६१ विदेशी नागरिकको अवस्था अज्ञात रहेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।

परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपतकालीन व्यवस्थापन निकायले गरेको संयुक्त खोजी तथा विवरण रुजुपछि क्षेत्रीय सरकारको सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

अवस्था अज्ञात रहेकामा १०४ नेपाली नागरिकका साथै भारतका ४९, लाटभियाका ३३, संयुक्त राज्य अमेरिकाका १८, बेलायतका १५, क्यानडा र अष्ट्रेलियाका छरछ, दक्षिण अफ्रिकाका चार तथा मलेसिया, जर्मनी र रुसका तीन÷तीन जना नागरिक छन् ।

त्यसैगरी आयरल्याण्ड, इस्टोनिया, फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्यान्डका दुई÷दुई जना तथा काजाकिस्तान, फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हङ्गेरीका एक÷एक जना रहेको अधिकारीहरूले बताएका छन् । सिन्ह्वा

 

प्रतिक्रिया

सम्बन्धित खवर