काठमाडौँ, १३ भदौ । आज विहान ११ वजेसम्म प्राप्त विवरण अनुसार रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ३५ पुगेको छ ।
नेपाल प्रहरीका जनाए अनुसार रसुवामा १३ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, चितवनमा २५९ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १८४ जना र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको छ ।
घाइते तथा उद्धारको सङ्ख्या दुई हजार ७१५ जना रहेको छ । हालसम्म २५ जना प्रहरी कर्मचारीहरु सम्पर्कविहीन छन् ।
काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरुको सङ्ख्या १६० रहेको छ ।
