काठमाडौँ, २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा २० बमोजिम न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयव्दारा प्रकाशित विज्ञप्ति नियुक्त न्यायाधिशहरुमा डा.रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहनुभएको छ ।
नवनियुक्त न्यायाधीशमध्ये डा.बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो । सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
