काठमाडौ, ८ असोज । नेपाली कांग्रेसले आज फेसबुकमार्फत १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।
कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ ।
कांग्रेसले १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरेको छ ।
महाधिवेशनअन्तर्गत १० असोजमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दैछ ।
