नयाँदिल्ली, २८ भदौ । चिनियाँ राष्ट्रपति सी जिनपिङ १८ औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर बेइजिङ प्रस्थान गरेका छन्।

भारतको नयाँ दिल्लीमा आयोजना भएको दुई दिने ब्रिक्स सम्मेलन सकिएसँगै राष्ट्रपति सी स्वदेश फर्किएका हुन्। उनी सम्मेलनमा सहभागी हुन् हिजो दिउँसो नयाँ दिल्ली पुगेका थिए ।

सम्मेलनका क्रममा राष्ट्रपति सीले बहुपक्षीय सहकार्य, आर्थिक विकास, आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०मा सहयोग र विश्वशान्तिका विषयमा जोड दिएका थिए। साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।

साथै सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले आगामी वर्ष ब्रिक्सको अध्यक्षता ग्रहण गर्दै १९ औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने घोषणा समेत गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर