काठमाडौ, २३ चैत । नेप्से ८३.३३ अंकले बढेर दुई हजार सात सय ६० बिन्दुमा कायम भएको छ। नेप्से आज ३.११ प्रतिशतले वृद्धि भएको हो।

३४५ कम्पनीका दुई करोड ५१ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार नेप्से बढे पनि आइतबारको तुलनामा कारोबार रकममा गिरावट आएको छ। आइतबार १२ अर्बभन्दा बढीको सेयर खरिद बिक्री भएको थियो।

सोमबार नेप्सेका १३ वटै समूहको सूचक बढेका छन्। वित्त र जलविद्युत समूह चार प्रतिशतभन्दा धेरैले उकालो लाग्दा बैंक, विकास बैंक, होटल तथा पर्यटन र लगानी समूह तीन प्रतिशतभन्दा धेरैले बढेका छन्।

आज उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी र नेसनल हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। १० वटा धितोपत्रका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै आर्जन गरेका छन्।

सर्वाधिक घटेको लक्ष्मी बैंक डिबेन्चर २०८८ का लगानीकर्ताले तीन प्रतिशतभन्दा धेरै ग्माएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर