ललितपुर, ३० फागुन । महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको काठमाडौँ पिंक केयराथन आज जावलाखेलस्थित फुटबल मैदानमा सम्पन्न भएको छ ।
लेजरपोर्ट नेपालद्वारा आयोजित सो दौड प्रतियोगिताको २१।१ किलोमिटर हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ ९नेपाल रन, धादिङ० पहिलो हुनुभएको छ । यस्तै, राज्यलक्ष्मी रावल ९नेपाल आर्मी० दोस्रो र सरस्वती भट्टराई ९नेपाल आर्मी० तेस्रो हुनुभएको छ ।
आज बिहान छ बजे जुम्बा सत्रबाट सुरु भई त्यसपछि विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन गरिएको थियो ।
कार्यक्रममा २१।१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड तथा ५ र ३ किलोमिटरका फन रन समावेश गरिएको थियो । दश किलोमिटर दौडतर्फ निर्मला केसी ९नेपाल आर्मी० पहिलो, आशा राउत ९सशस्त्र प्रहरी० दोस्रो र सुमित्रा चौधरी ९नेपाल प्रहरी० तेस्रो हुनुभयो ।
हाफ म्याराथनका विजेतालाई क्रमश रु ५१ हजार, रु ३१ हजार र रु २१ हजार नगद पुरस्कार प्रदान गरिएको संस्थाका अध्यक्ष नमराज जोशीले बताउनुभयो ।
त्यसैगरी १० किलोमिटर दौडका विजेतालाई रु ३१ हजार, रु २१ हजार र रु ११ हजार नगद पुरस्कारसहित विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा भारतको मुम्बईका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
अध्यक्ष जोशीका अनुसार सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त कार्यक्रममा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको छ ।
