भादगाउँ, २२ जेठ । नेपाली कांग्रेसले आज भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा दीप प्रज्वलन गरेको छ ।
कोरोना सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका स्थानीय मन्दिरमा दीप प्रज्वलन गरिएको पार्टीका क्षेत्रीय सभापति जीवन खत्रीले बताउनुभयो ।
कार्यक्रममा सहभागीबीच भौतिक तथा सामाजिक दूरी कायम गरिएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरिएको क्षेत्र नं २ का सभापति नारायण खायमलीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर