दोलखा, १४ मंसीर । काठमाडौंबाट गोकुलगंगा गाउँपालिका ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको जिप रामेछापमा दुर्घटना वडाध्यक्षसहित ५ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेमा गोकुलगंगा ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको सनाखत भएको छ ।
यस्तै दुर्घटनामा परि मृत्यु हुनेमा जिप चालक हिराबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।मृतक अन्यको पहिचान खुल्न बाँकी छ । जिप सडकबाट धेरै तल खसेको प्रहरीको जाएको छ ।