काठमाडौँ, ९ कात्तिकः नेपालीहरुको महान चाड दशैं, तिहारको शुखद अवसर र जनवादी गणतन्त्र चीनको स्थापनाको ७६ औं बार्षिक दिवसको अवसरमा हंगकंगको नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुंग र डिस्ट्रिक्ट काउन्सिलर एलेक्स पुनको अफिसको संयुक्त आयोजनामा याउमा तेइ स्थित हेनरी जी ल्योंग कम्युनिटी हलमा भव्य कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा प्रमुख अतिथि हंगकंग समान अवसर आयोगकी अध्यक्ष लिन्डा लाम र बिशेष अतिथि माननीय सासंद भिन्सेन्ट च्यानका साथै याउ चिंग मोंग डिएवी डिस्ट्रिक्ट चेयरमेन तथा डिस्ट्रिक्ट काउन्सिलर बेन्नी यांग पाकिस्तान मुलका डिस्ट्रिक्ट काउन्सिलर रिजवान उल्ला, काउन्सिलरहरु हेउड क्वान, एन आउ, एडमन्ड च्योंग , फायरसेफ्टीका पदाधिकारीहरु, इन्डिया एशोसियसनका चेयरमेन मोहन चुगानी, इन्डिया क्लवका अध्यक्ष नानु लक्ष्मण, हंगकंग नेपाली महासंघका अध्यक्ष नवीन सुहांग, एनआरएनका उपसभापति कबिता गुरुंग लगायत बिभिन्न नेपाली एशोसियसनका अध्यक्ष लगायत प्रतिनिधिहरुको उपस्थिती थियो ।
सो अवसरमा, इक्वल अपर्च्युनिटी कमिसनकी चेयरमेन लिन्डा लेम, लेजिस्लेटिभ काउन्सिलर भिन्सेन्ट च्यान, याउ चिंग मोंग डिएवी चेयरमेन डिस्ट्रिक्ट काउन्सिलर बेनी योंग र डिस्ट्रिक्क काउन्सिर अरुणा गुरुंगले दशैं तिहारको अवसरमा सम्पुर्ण नेपालीहरुलाई शुभकामना दिनुभएको थियो । नेपाली चाडवाडको अवसरमा ठुला ठुला आगलागीका दुर्घटना हुने भएको हुंदा यस्ता दुर्घटनाबाट कसरी जोगिन भनेर हंगकंग फायर सेफ्टी टीमले चेतनामुलक कार्यक्रमको आयोजना गरिएको थियो ।
