काठमाडौँ, ३१ असोज । नेकपा ९एमाले० को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने तय भएको छ ।

ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा सम्पन्न एमालेको दसौँ केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत महाधिवेशन आयोजनाको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको तेस्रो तथा अन्तिम दिन आज अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका सवालमा पार्टीका एकमुष्ट जवाफ दिनुभएको थियो ।

बैठकले संसद् पुनःस्थापना र जनपरिचाललगायतका निर्णयहरू गरेको छ । बैठकले देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेकाले संविधान र लोकतन्त्रका पक्षधर राजनीति दलहरू र आम नागरिकलाई आह्वान गरेको छ ।

जेनजी आन्दोलन, नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक आयोजना भएको हो ।

प्रेस वक्तव्यको पूर्णपाठ

मिति २०८२ असोज २९–३१ गते देखि जारी केन्द्रीय कमिटीको दसौँ पूर्ण बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति सम्बन्धी विशेष प्रस्ताव’ महत्त्वपूर्ण छलफल गरेर सुझाव सहित सर्वसम्मतिले पारित गर्दै आज समापन भएको छ ।

पारित प्रस्तावमा भदौ २३ गते आयोजित जेनजी प्रदर्शन, संसद् भवनमा आगजनी, गोली प्रहार र हत्या, भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन, छानबिन आयोग सम्बन्धमा दुष्प्रचार, नियोजित षड्यन्त्रका सम्बन्धमा, निर्वाचनका सम्बन्धमा जोखिमपूर्ण बन्दै गएको, शान्ति सुरक्षाको स्थिति, भ्रष्टाचार नियन्त्रण र सुशासन नवयुवा पुस्ताको सरकार, लोकतान्त्रिक शक्तिहरूलाई सहयोगका लागि आह्वान पार्टीको आन्तरिक एकतालाई थप सुदृढ र उच्च बनाउनुपर्ने, देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेकोले संविधान र लोकतन्त्रका पक्षधर राजनीति दलहरु र आमनागरिकलाई आह्वान गरिएको छ । पार्टीको आगामी महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा गर्ने निर्णय गरिएको छ ।

यसक्रममा बैठकमा उपस्थित केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य, केन्द्रीय सचिवालयसम्बद्ध केन्द्रीय पदाधिकारीले आफ्नो सुझाव सहितको मन्तव्य राख्नुभएको थियो । यसक्रममा तीन दिनको बैठकमा केन्द्रीय कमिटीका २३३ जना,प्रदेश कमिटीका अध्यक्ष ८ जना, पोलिटब्युरोका ४६ जना, स्थायी कमिटीका २१ जना, केन्द्रीय निकायका ३ जना र पदाधिकारी १७ जनाले सदस्यले सुझावसहितको मन्तव्य राख्नुभएको थियो । बैठकमा चारवटै आयोगका अध्यक्षहरु क्रमशः अनुशासन आयोगका अध्यक्ष केशव वडाल, सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, लेखा परीक्षण आयोगका अध्यक्ष डा। पुष्प कँडेलले आफ्नो मन्तव्यसहित सुझाव राख्नुभएको थियो । पार्टी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको छ– “पार्टी नीति, विधि र निर्णयले चल्दछ, बाहुबलले चल्दैन । म सदैव पार्टीको एकताको पक्षमा

छु । सबै साथीहरूलाई हार्दिकताका साथ एकताबद्ध भएर अगाडि जानुपर्ने कुरामा जोड दिन्छु । आजको सङ्कटको समाधान गर्न, लोकतन्त्रको रक्षा गर्न, संविधानलाई लिकमा लान पनि प्रतिनिधिसभाको पुनर्स्थापना आजको हाम्रो मुख्य माग हुनुपर्दछ । निर्वाचन देखाउने दाँत मात्र हो । सरकार व्यवहारतः निर्वाचनको पक्षमा छैन ।”

बैठकले सर्वसम्मतिले २२ बुँदे समसामयिक प्रस्तावहरू पारित गरेको छ । जुन देहायबमोजिम रहेका छन् ।

पारित प्रस्तावहरू

भदौ २३ र २४ गते मुलुकमा घटित घटनाक्रम र त्यसपछि उत्पन्न असामान्य परिस्थितिबारे अध्यक्षबाट प्रस्तुत विशेष राजनीतिक प्रस्ताव मार्फत् सङ्क्षिप्त विश्लेषण गरिसकिएको छ र बैठकले त्यसको लोकतान्त्रिक निकासका लागि सामान्य मार्गचित्र पनि प्रस्तुत गरिसकेको छ । यसैमाथि आधारित रहेर केन्द्रीय कमिटीको यो बैठक देहायका विषयहरुमा आफ्नो दृष्टिकोण यस प्रस्तावका रुपमा प्रस्तुत गर्दछ ।

१। मुलुकमा पछिल्लो अवधिमा विकसित असामान्य परिस्थितिका सम्बन्धमा नेकपा ९एमाले० संवेदनशील, चिन्तित र गम्भीर छ । राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, शान्ति, विकास र समृद्धिको बाटो नै अनिश्चित भविष्य एवं सङ्कटको दिशातिर उन्मुख भइरहेको वर्तमान अवस्थामा केन्द्रीय कमिटीको यो बैठक मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउन सक्रिय भूमिका खेल्ने सङ्कल्प गर्दछ । त्यसका लागि सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध र अविचलित दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

२। सामाजिक सञ्जालको निर्बाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर जेनजी युवाहरुले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट नेकपा ९एमाले० स्तब्ध छ । घटनामा परी जीवन गुमाउनु हुने युवाहरु एवं कत्र्तव्य पालनाको सिलसिलामा अराजक समूहहरुद्वारा बर्बर हत्या गरिनुभएका सुरक्षाकर्मी र नागरिकहरुप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्र्दै आफन्तको वियोगमा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

३। नवयुवाहरुले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुुसपैठ र दुरुत्साहन मार्फत् जसरी निहत्था युवाहरुको हत्या हुने स्थिति सिर्जना गरियो, यो सामान्य सुरक्षा कमजोरी मात्रै होइन भन्ने पार्टीको निष्कर्ष छ । तथ्यहरुले भदौ २३ गते कुनै न कुनै दुखद घटना घटाएर भदौ २४ गते देश दहन गर्ने सुनियोजित तयारी भइरहेको थियो भन्ने पुष्टि गर्छन् । यस घटनाको स्वतन्त्र, निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ, सबै तथ्यहरु बाहिर ल्याइनुपर्छ र सङ्लग्न दोषीहरुलाई कार्बाही गरिनुपर्छ भन्ने माग गर्दछ ।

४। भदौ २४ गते सुनियोजित र शृङ्खलाबद्ध रुपमा गरिएको देश दहनको आपराधिक कृत्यको नेकपा ९एमाले० निन्दा र भ्रत्र्सना गर्दछ । राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार, सङ्घीय संसद, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, सयौँ प्रहरी कार्यालय, अख्तियार लगायत संवैधानिक निकाय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, प्रदेशसभा र मुख्यमन्त्री कार्यालय लगायत प्रादेशिक संरचना, विभिन्न पालिका भवन र अन्य सरकारी कार्यालयमा आगजनी र ध्वस्त पार्ने गतिविधि कुनै स्वतःस्फूर्त घटना थिएन । बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलाएर खरानी बनाइएकोे छ । विभिन्न मिडिया हाउस, होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, ब्याङ्क लगायत उद्योगी व्यवसायीहरुका खर्बौँ मूल्यका सार्वजनिक र निजी सम्पत्ति सखाप पारिएको छ । राजनीतिक दलका कार्यालय, लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताहरुका सालिक, स्मारक र आश्रम एवं नेता कार्यकर्ताका निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको छ । ठुलो मात्रामा प्रहरीका हतियार, गोेलीगठ्ठा र लजिस्टिक लुटिएको छ । जेल तोडेर १३ हजार भन्दा बढी कैदीबन्दीहरु भगाइएको छ । निर्दोष मान्छेहरुलाई घरभित्र जिउँदै जलाइएको छ । यी आपराधिक घटनाहरुको उद्देश्य एकै साथ मुलुकको लोकतान्त्रिक संरचना ध्वस्त पार्ने, अर्थतन्त्रको मेरुदण्ड भाँच्ने, समाजमा भय र त्रासको वातावरण बनाउँदै नागरिकहरुलाई निरिह तुल्याउने र क्रमशः असफल राष्ट्रतिर धकेल्ने हो भन्ने स्पष्ट छ । देशलाई माया गर्ने कुनै पनि नवयुवाबाट यस्तो काम हुन सक्छ भन्ने नेकपा ९एमाले० लाई लाग्दैन र यो जेन्जीहरुबाट भएको होइन भन्नेमा पार्टी विश्वस्त छ । देशलाई दशकौँ पछाडि धकेल्ने यस अपराधको गहिरो, सूक्ष्म र निष्पक्ष छानबिन हुनुपर्छ, बाहिर देखिएका र पर्दाभित्रका अपराधीहरु समेतलाई कडा कानुनी कार्बाही गरिनुपर्छ भन्ने यो बैठक माग गर्दछ ।

५। यति गंभीर, सुनियोजित र विभिन्न शक्ति केन्द्रहरु सङ्लग्न घटनाको छानबिनका लागि सोही अनुरुपको दक्षता, विज्ञता र निष्पक्षता आवश्यक पर्दछ । तर सरकारले गठन गरेको छानबिन आयोगमा रहेका कतिपय व्यक्तिहरुको दुराग्रह, दूषित सोच र मनशाय सार्वजनिक भइसकेको छ । कुनै तथ्यले पुष्टि नगरे पनि निश्चित राजनीतिक नेताहरुलाई आरोपित गर्ने पूर्व योजना बोकेका व्यक्तिहरुबाट यति गंभीर घटनाको यथार्थ बाहिर आउँछ भन्ने हामीलाई विश्वास छैन । तसर्थ, केन्द्रीय कमिटीको यो बैठक सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष छानबिन समिति बनाउनु पर्छ भन्ने मान्यता राख्दछ । नागरिक स्तरबाट पनि यसको स्वतन्त्र छानबिन होस् भन्ने हाम्रो आग्रह छ । हाम्रो पार्टी आफै पनि समग्र घटनाहरुको सूचना र तथ्यहरु सङ्कलन गर्ने, तिनको विश्लेषण गर्ने र उपयुक्त समयमा विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

६। मुलुकको प्रमुख राजनीतिक पार्टी र लोकतन्त्रको प्राप्ति एवं रक्षाका लागि अग्रपङ्क्तिमा उँभिएको पार्टी हुनुको नाताले नेकपा ९एमाले० ताजा जनादेश लिने, आवधिक रुपमा जनअनुमोदित हुने र निर्वाचनको प्रतिष्पर्धामा सहभागी हुँदै जनादेश प्राप्त हुँदा सरकार सञ्चालन गर्ने एवं त्यसो नहुँदा जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने मान्यतामा अविचलित छ ।

तर निर्वाचनको कार्यादेश प्राप्त गरेको वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनेतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउँने दिशामा उद्यत् देखिन्छ । निर्वाचनको मूल पक्षका रुपमा दलहरुसँग सम्बाद, परामर्श र सहकार्य त परै छाडौँ, सम्पर्क समेत गर्न चाहिरहेको छैन । उल्टै निषेध र मुठभेडको बाटोमा हिँडिरहेको छ । नेताहरुलाई स्थान हद तोक्ने, राहदानी रद्द गर्ने, शान्तिपूर्ण कार्यक्रमलाई निषेध गर्ने, मिडिया ट्रायल गर्दै चरित्र हत्या गर्ने काम गरिरहेको छ । पार्टीहरुका र खास गरी हाम्रो पार्टीका अध्यक्षमाथि झुठा आरोपमा मुद्दा चलाउन र जसरी भए पनि गिरफ्तार गर्ने दुष्प्रयाशमा सरकार लागिरहेकै छ । सरकारको संरक्षणमा रहेका सन्देहास्पद पात्रहरु खुलेआम राजनीतिक नेताहरुमाथि भौतिक हमलाका लागि दुरुत्साहन गर्ने, पार्टीहरुलाई चुनावमा भाग लिन नदिने, उनीहरुले जिते परिणाम खारेज गर्ने र नेताहरुलाई विभिन्न मुद्दा लगाएर बाहिरै निस्कनै नदिने धम्की दिइरहेका छन्, तर सरकार मौन छ । प्रहरीबाट लुटिएका हजारौँ थान हतियार र गोलीगठ्ठा बाहिरै राखेर, हजारौँ कैदीहरुलाई खुलेआम हिँड्न र पुनः आपराधिक काममा लाग्न छुट दिने काम भइरहेको वर्तमान अवस्थामा राजनीतिक दलहरु कसरी निर्भयतापूर्वक जनता समक्ष जान सक्छन् रु मतदाताहरु निर्धक्कसँग मतदान केन्द्रसम्म पुग्न सक्छन् रु सरकार यी समस्याको समाधान गर्ने र निर्वाचनको आधार बनाउनेतिर होइन, मुलुकलाई बहुआयामिक सङ्कटतिर धकेल्ने उद्यत् देखिन्छ । कार्यादेश विपरीत अन्य मुुलुकहरुसँग मुलुकलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने तयारी गरिरहेको छ । राजदूतहरु फिर्ता गर्ने, नियुक्ति र बर्खासी लगायत तपसिलका विषयलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । निर्वाचनको आधार बनाउनेतिर होइन, उल्टो बाटो हिँडिरहेको छ ।

निर्वाचन पनि हुन नसक्ने र प्रतिनिधिसभा पनि कायम नरहेको वर्तमान अवस्थाले राजनीतिक रिक्तता र अस्थिरताको भयावह अवस्था सिर्जना गर्ने हुनाले नेकपा ९एमाले० केन्द्रीय कमिटीको यो बैठक असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भन्ने माग गर्दछ र त्यसले मात्रै मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ भन्ने स्पष्ट मान्यता राख्दछ ।

७। राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक प्रबन्धहरु नै सङ्कटमा परिरहेको, नेपाली जनताले लामो सङ्घर्ष पश्चात् हासिल गरेका उपलव्धिहरु नै धरापमा परेको वर्तमान चुनौतीपूर्ण अवस्थालाई बोध गर्दै मुलुकलाई लोकतान्त्रिक बाटोमा फर्काउन संविधानका पक्षधर सबै शक्तिहरु, संसदमा रहेका दलहरु, सबै लोकतान्त्रिक र देशभक्त नागरिक तथा आम जनसमुदायलाई आपसी संवाद, सहकार्यका लागि यो बैठक आह्वान गर्दछ ।

८। मुलुकमा शान्ति सुरक्षाको अवस्था निकै नाजुक बनेको छ । ठुलो सङ्ख्यामा प्रहरीका हातहतियार र गोलीगठ्ठा लुटिएको एवं जेलबाट भागेका कैदीहरुको ठुलो सङ्ख्या अझै बाहिर रहेको अवस्थाले गर्दा जनता सन्त्रासमा छन् । सुरक्षाकर्मीहरुको मनोबल खस्किएको छ । सन्दिग्ध र विवादास्पद पात्रहरु सरकारी कार्यालय र व्यवसायिक प्रतिष्ठानहरुमा अनधिकृत ढङ्गले पसेर राष्ट्रसेवकहरु र व्यवसायीहरुलाई धम्क्याइरहेका छन्, कानुन हातमा लिइरहेका छन् । सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीशहरु एवं संवैधानिक अङ्गका प्रमुखहरु लगायतलाई राजिनामाका लागि धम्की दिँदै विधिको शासन, संविधानवाद र लोकतान्त्रिक पद्धतिमाथि खुलेआम हमला गरिरहेका छन् । एक किसिमको राज्यविहीनताको अवस्था सिर्जना भएको छ । सरकार यस्तो बेलामा राष्ट्रिय एकता, मेलमिलाप र सङ्क्रमणकालको व्यवस्थापन तिर होइन, थप तनाव सिर्जना गर्ने बाटोमा अग्रसर छ । नेकपा ९एमाले० सबै नागरिकहरुलाई आफ्नो सुरक्षाका लागि टोलटोलमै सजग भएर टोल सुरक्षा समिति बनाउन, एकापसमा समस्या पर्दा सहयोगी बन्न, सुरक्षाकर्मीहरुको मनोबल उठाउन र अपराधीहरुको पहिचान र कार्बाहीमा सहयोग गर्न आह्वान गर्दछ ।

निहत्था युवाहरुको हत्या र देश दहनको भयावह अवस्था देखेका नवयुवाहरु लगायत धेरै नागरिकहरुमा यतिबेला अवशाद, निराशा र सन्त्रास बढिरहेको समाचार बाहिर आइरहेको छ । यस्तो अवस्थामा मनोसामाजिक परामर्श र अन्य उपायहरुद्वारा आम नागरिकहरुको मनोबललाई उच्च राख्न सम्बन्धित सङ्घसंस्था, विज्ञहरु र स्वास्थ्यकर्मीहरुलाई आह्वान गर्दछौँ ।

९। भदौ २४ गते पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली लगायत १७० भन्दा बढी पार्टी नेता कार्यकर्ताहरुको निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएको छ । यस क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै केन्द्रीय कमिटी सम्बद्ध कमरेडहरुको यस क्षतिमा सम–अनुभूति र ऐक्यबद्धता व्यक्त गर्दछ । कमरेडहरु यस्ता सबै प्रतिकूलतालाई सामना गर्दै उच्च मनोबलका साथ अगाडि बढ्नु हुने विश्वास व्यक्त गर्दछ ।

१०। यो बैठक भदौ २३ गते आफ्नै निवासमा साङ्घातिक आक्रमणमा पर्नुभएका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, तत्कालीन परराष्ट्रमन्त्री डा। आरजु देउवा र निवासमै जलाइनुभएकी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार लगायत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । पार्टी कार्यालय लगायत निजी क्षति बेहोर्नु भएका विभिन्न राजनीतिक दल, नेता र व्यवसायीहरुप्रति दुःखमा सम–अनुभूति व्यक्त गर्दछ ।

११। सिङ्गो राष्ट्र नै असामान्य सङ्कटबाट गुज्रिरहेको यस घडीमा केन्द्रीय कमिटीको यो बैठक विगतमा नेकपा ९एमाले० मा रहेर पार्टी निर्माणमा योगदान गर्नुभएका र विभिन्न कारणले अहिले पार्टी बाहिर रहनुभएका सबै कमरेडहरुलाई घर फर्किन आह्वान गर्दछ । कमरेडहरुलाई ससम्मान पार्टीमा स्वागत गर्न पार्टी तयार रहेको जानकारी पनि हामी सार्वजनिक गर्दछौँ ।

१२। नेकपा ९एमाले० हमेशा सुशासन, पारदर्शिता र स्वच्छताको पक्षमा उभिँदै आएको छ । प्रश्न उठ्नासाथ सार्वजनिक ओहदाबाट राजिनामा दिएर राज्यका अख्तियार प्राप्त राज्यका निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानुनबाट सफाइ नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको यथार्थ पुनः स्मरण गराउन चाहन्छौँ । भ्रष्टाचारको विरोधमा नवयुवाहरुको समेत आवाज उठिरहेको सन्दर्भमा हाम्रो पार्टी विगतमा राज्यका उच्च राजनीतिक र प्रशासनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन हुनुपर्छ, चर्चामा रहेका सबै भ्रष्टाचारका विषयहरु र दोषी देखिएकाहरुलाई कानुन बमोजिम कार्बाही गरिनुपर्छ भन्ने कुरामा थप जोड दिन चाहन्छ । राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरुन् भन्ने आग्रह गर्दै यस कार्यमा पार्टीको सहयोग रहने विश्वास दिलाउन चाहन्छौँ । यसो गरेर मात्र एकाध व्यक्तिहरुका गल्तीका कारण सबै भ्रष्ट हुन भनेर खडा गर्न खोजिएको भाष्य चिर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । हाम्रो पार्टीको केन्द्रीय अनुशासन आयोगले पनि यस विषयमा गंभीरतापूर्वक काम अगाडि बढाओस् भन्ने केन्द्रीय कमिटी ध्यानाकर्षण गर्दछ । उपयुक्त समयमा हामीले सरकारमा रहँदा हामीले गरेका ऐतिहासिक काम, उपलव्धि र सफलतासँगै रहन गएका कमीहरुका बारेमा गंभीर समीक्षा गरी व्यवस्थित प्रतिवेदन श्वेतपत्रका रुपमा जनता समक्ष ल्याउने विश्वास दिलाउन चाहन्छौँ ।

१३। नेकपा ९एमाले० मुलुकको विकास र समृद्धिका लागि नव युवाहरुसँग अझ सार्थक संवाद गर्न, उहाँहरुका सरोकारलाई ग्रहण गर्न, सहकार्यका साथ अगाडि बढ्न सदैव तत्पर रहेको र तदनुरुप पार्टीका संरचनाहरुमा युवा सहभागिता अभिवृद्धि गर्न एवं सरकारमा रहँदा उद्यमशीलता, शीप विकास, उत्पादन र बजार शृङ्खलाको इकोसिस्टम निर्माण गर्न, स्टार्ट अप, नवप्रविधि मार्फत् नवप्रवर्तनको विकास लगायत क्षेत्रमा विभिन्न चालिएका कदमको पुनः स्मरण गर्न चाहन्छौँ । युवाहरुको भविष्य लोकतन्त्र, शान्ति र स्थायित्वमा मात्रै रहेको कुरामा जोड दिँदै नवयुवाहरुलाई कुनै पनि हिंसा र विध्वंशबाट अलग रहन, तपाईँहरुको शान्तिपूर्ण आन्दोलनको दोहन गरेर देशलाई दहन गर्ने अपराधीहरुको पहिचान गर्न र राजनीतिक दलहरुसँग सार्थक संवादमा आउन आह्वान गर्दछौँ । अब पुनस्र्थापना हुने संसद मार्फत् तपार्इँहरुका मागहरु संवैधानिक बाटोबाट संबोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

१४। भर्खरै सरकारले गंभीर सामाजिक–आर्थिक समस्याका रुपमा रहेको भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि समस्या समाधान आयोगलाई विघटन गरेको छ । यसले आवासको मौलिक हक कार्यान्वयन हुने पर्खाइमा रहेका ३ लाखभन्दा बढी भूमिहीन सुकुम्बासीहरु र दशकौँदेखि मर्कामा रहेका अव्यवस्थित बसोबासीहरुको भविष्य अनिश्चयको भुँवरीमा धकेलिएको छ । केन्द्रीय कमिटीको बैठक सरकारको यस जनविरोधी निर्णयको विरोध गर्दछ ।

१५। ७ अक्टोबर २०२३ मा हमास लडाकुहरुद्वारा अपहरणमा परी बन्धक अवस्थामा रहनुभएका विपिन जोशी बन्धक अवस्थामै मारिनुभएको दुःखद खबर सार्वजनिक भएको छ । नेकपा ९एमाले० उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । इजरायल र हमाश लडाकुहरुको द्वन्द्वमा द्वन्द्वसँग कुनै सरोकार नै नरहेका नेपाली युवाको यस हत्याप्रति गहिरो क्षोभ व्यक्त गर्दछ ।

१६। यही असोज तेस्रो साता गएको भीषण वर्षा र बाढी पहिरोले इलाम लगायत विभिन्न जिल्लामा ठुलो क्षति पुर्‍याएको छ । इलाममा मात्रै ३९ जना व्यक्तिको ज्यान गएको छ, कैयौँ व्यक्ति घाइते भएका छन् भने हजारौँ परिवार घरबारविहीन भएका छन् । त्यति ठुलो विपद्को पूर्वतयारी मात्रै फितलो देखिएको होइन, सरकार उद्धार, राहत र पुनर्निर्माणमा पनि निकै सुस्त र गैरजिम्मेवार देखिएको छ । केन्द्रीय कमिटीको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु हुने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । इलामलाई केन्द्रित गरेर राहत र पुनर्निर्माणको ठोस कार्यक्रम ल्याउन माग गर्दछ र पार्टी पङ्क्तिलाई पीडितहरुलाई राहत र सहयोगका निम्ति आह्वान गर्दछ ।

१७। यो बैठक ओमानमा जारी छनोट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई तेस्रो पटक टि– ट्वेन्टी विश्वकप प्रतिष्पर्धामा छनोट गराउन सफल सम्पूर्ण खेलाडीहरु, नेपाल क्रिकेट एसोसियन र सम्पूर्ण खेलप्रेमीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

१८। यो बैठक नजिकै आइरहेका तिहार, नेपाल सम्बत् ११४६ र छठको उपलक्ष्यमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछ । सिङ्गै देश र धेरै नागरिकहरुको परिवारमा समेत समस्या उत्पन्न भइरहेको यस असहज अवस्थामा आइरहेका यी चाडबाडहरुले हामी सबैमा सद्भाव, शान्ति र आशा जगाउन सकोस् भन्ने अपेक्षा गर्दछ ।

१९। पोलिटब्युरो सदस्य कमरेड पुरुषोत्तम पौडेलेकी आमा, पार्टीकी सतत् सहयोगी एवं आश्रयदाता रत्नकुमारी पौडेलको यही असोज २ गते ८७ वर्षको उमेरमा दुखद निधन भएको छ । यस बिचमा केन्द्रीय सदस्य कमरेड नवीना लामाका बुबा एवं पुराना वामपन्थी अभियन्ता माणिक लामाको निधन भएको छ । त्यसै गरी केन्द्रीय सदस्य कमरेड छक्कबहादुर लामाकी आमा नाकदेरमा लामाको हालै निधन भएको छ । यो बैठक मातृवियोगमा पर्नुभएका कमरेड पुरुषोत्तम पौडेल र छक्कबहादुर लामा एवं पितृवियोगमा पर्नुभएका कमरेड नवीना लामा सहित शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगतहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ ।

२०। नेकपा ९एमाले० सबै खाले निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्वकालको कहालीलाग्दो अवस्था, सामाजिक विद्वेषका अत्यन्त प्रतिकूल घडीहरु, प्राकृतिक विपत्ति एवं नाकाबन्दी र महामारी जस्ता असामान्य चुनौतीसँग जुझ्दै यहाँसम्म आइपुगेको हो । आजको प्रतिकूल अवस्था सधैभरि रहने छैन । यस्तो विषम परिस्थितिमा पार्टी केन्द्रीय कमिटी सिङ्गो पार्टी पङ्क्तिलाई अविचलित, दृढ र एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दछ । जनतासँग नजिकको सम्बन्ध कायम गर्दै उहाँहरुका सुझाव, टिप्पणी र आलोचना ग्रहण गर्न र जनसम्बन्धलाई सुदृढ गर्न आह्वान गर्दछ ।

२२। असहज परिस्थितिमा पार्टी केन्द्रीय कमिटीको दशौँ बैठक आयोजना गर्न सहयोग गर्नुु हुने सबै स्वयंसेवक कमरेडहरु, ललितपुर जिल्ला कमिटी र मातहत पार्टी पङ्क्ति, सुरक्षाकर्मीहरु, मिडिया र रामबाग महलप्रति केन्द्रीय कमिटी धन्यवाद व्यक्त गर्दछ ।

राजेन्द्र गौतम प्रमुख

केन्द्रीय प्रचार तथजा प्रकाशन विभाग नेकपा एमाले

प्रतिक्रिया

सम्बन्धित खवर