काठमाडौ, २३ असार । नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा बन्द भएको छ। परिसूचक घटेसँगै कारोबार रकममा पनि संकुचन आएको छ।

हिजो साढे ९ अर्ब रुपैयाँको कारोबार भएकोमा आज ३११ कम्पनीको ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।

आजको बजारमा माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशतले बढ्यो भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लाग्यो।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ८० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरको पनि उच्च कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक अन्य ११ वटै उपसमूहको परिसूचक राताम्मे भयो। वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.७६ प्रतिशतले घट्यो भने जलविद्युत र उत्पादनमूलक समूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागे।

प्रतिक्रिया

सम्बन्धित खवर