काठमाण्डौं, ११ वैशाख । नेपालले सम्पन्न त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श‌ृंखलाको उपाधि जितेको छ ।आज शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्डस्लाई १४२ रनले हराउँदै नेपालले यो उपाधि जितेको हो ।

टस जितेर पहिले बलिङ रोजेकको नेदरल्याण्डस्ले २० ओभरमा जित्नको लागि २३९ रन बनाउनु पर्ने थियो । तर १७.२ ओभरमा सबै विकेट गुमाउँदै उसले ९६ रन मात्रै बनायो ।

यो त्रिदेशीय प्रतिस्पर्धा मलेसिया, नेदरल्याण्डस् र नेपालबीच भएको थियो ।

यसअघि नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सबैभन्दा ठूलो रनराशी हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको बनाएको थियो ।

आजको खेलमा नेपालका कुशल भुर्तेल र कुशल मल्ल दुबैले अर्धशतक बनाए ।कुशल भुर्तेलले यो शृङ्खलमा आज सहित चर अर्धशतक बनाए । उनले आज ५३ बलमा ७७ रन बनाए । यस क्रममा भुर्तेलले ८ चौका र ३ छक्का हाने ।

त्यसैगरी कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतले अर्धशतक पुरा गरे ।दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हाने ।

आजको खेलमा नेपालका बलर र ब्याट्स्म्यान दुबै गतिलो लयमा चम्किएका थिए भने नेदरल्यण्डस्का खेलाडीहरू निरिह बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर