काठमाडौँ, २५ वैशाख । अघिल्लो दिनको तुलनामा सेयर कारोबार मापक नेप्से परिसूचक आज २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा उक्लेको छ ।

कारोबारमा आएकामध्ये १२० वटा कम्पनीको सेयर मूल्य बढ्यो, ११४ वटाको घट्यो र बाँकी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से परिसूचक सामान्य अंकले बढेपनि आज कारोबार रकम घटेको छ । आज ३८ हजार २ सय १४ पटकको कारोबारबाट ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचमा करिब २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत सोमबार २ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर