काठमाडौँ, २७ चैत्र । कोरोना भाइरस संक्रमण(कोभिड१९)को दोस्रो लहर सुरु भएकोले स्कुल, कलेज, सिनेमा हल जस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बन्द गर्न सिफारिस गरेको छ ।
यसैगरी २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन पनि मन्त्रालयले सिफारिस गरेको छ ।
हिजो मात्र १८ वर्ष मुनिका बालबालिकाको संक्रमण दर १६ प्रतिशत रहेको थियो ।
मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले सो सिफारिस गरिएको जानकारी दिनुभएको हो ।

केही महिनादेखि विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आइरहेको र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस पनि खुलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर