काठमाडौ, २६ चैत । पछिल्लो चौैविस घण्टामा ४ हजार ६ नमूना पीसीआर परीक्षण गर्दा ३३२ जनामा कोरोना भाइरस संक्रमण(कोभिड१९) पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो चौविस घन्टामा ७९ जना संक्रमणबाट विसेक भएका छन् । यस सहित विसेक हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ । मन्त्रालयका अनुसार अहिले २४ सय ५४ जना सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घन्टामा कुनै संक्रमितको पनि मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर