काठमाडौं, २० चैत । पछिल्लो चौबीस घण्टामा ३५६५ जनाको आरटीपीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना भाइरस सङ्क्रमण(कोभिड१९) पुष्टि भएको छ ।
यस सँख्यासँगै सङ्क्रमितको कुल संख्या दुई लाख ७७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमित विसेक भएका छन् । यससँगै विसेक सँख्या २ लाख ७२ हजार ९६२ जना पुगेको मनत्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले १६४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको पनि मृत्यु भएको पुष्टि भएको छैन् ।
मन्त्रालयले कोरोनाको पहिलो परीक्षणदेखि अहिलेसम्म २२ लाख ७९ हजार १०५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।
