काठमाडौं, १९ चैत । पछिल्लो चौबीस घण्टामा ४२१३ जनाको आरटीपी सीआर परीक्षण गर्दा थप १५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६५ जना सङ्क्रमित विसेक भएका छन् ।
यसैगरी पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्युको भएको मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म ३०३१ जना सङ्क्रमितको मृत्युभएको छ ।
