काठमाडौं, १७ चैत । पछिल्लो चौविस घण्टामा ३१४० जनाको आरटीपीसीआर परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण(कोभिड१९) बाट १६७ जना पुष्टिभएका छन् ।
थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित संख्या २ लाख ७७ हजार १४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११५ जना कोरोनाबाट विसेक भएका छन् । यससँख्या सँगै अहिलेसम्म २ लाख ७२ हजार ७२७ जना कोरोनाबाट विसेक भएका छन् ।
मन्त्रालयका अनुसार अहिले १३९० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो चौबीस घण्टामा २ जना सङ्क्रमितको मृत्यु भएको र यससँगै मृतक सँख्या ३०३० जना रहेका छन् ।
