काठमाडौं,४ चैत । कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई दोस्रो मात्रा वैशाख ७ देखि १४ गतेसम्म दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को निर्णय अनुसार सो निर्णय गरिएको हो ।
यसैगरी बैठकले ५५ वर्ष देखि ६४ वर्षसम्मका व्यक्तिहरुलाई पहिलो मात्रा दिनका लागि पछि सूचना जारी गरिने निर्णय गरेको छ । पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८८० जना व्यक्तिले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
हालसम्म १६ लाख ५ हजार ७०६ जनाले खोप लगाइसकेका छन् । दोस्रो मात्रा लगाएका व्यक्तिलाई खोप कार्ड समेत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
