श्रीलंका, ३१ वैशाख । श्रीलङ्काका नयाँ प्रधानमन्त्री रनिल विक्रमसिङ्गले देशमा अशान्ति र दुख निम्त्याएको आर्थिक सङ्कट सुध्रिनुअघि थप खराब हुने बताउनुभएको छ ।

पद सम्हालेयताको पहिलो अन्तर्वार्तामा विक्रमसिङ्गले बीबीसीसँग बोल्दै परिवारहरूलाई दिनमा तीनपटक खाना दिलाउने सुनिश्चितता आफूले गर्ने बताउनुभएको छ ।

विश्वलाई थप आर्थिक सहायताको अपिल गर्दै उहाँले भन्नुभयो हामी खानेकुरा खोज्छौँ भोक सङ्कट हुनेछैन।

नयाँ प्रधानमन्त्रीले श्रीलङ्काको अर्थतन्त्र ूछिन्नभिन्नू भएको भनी व्याख्या गरे, तर उनले श्रीलङ्कालीलाई आफ्नो सन्देश ूसंयम रहन र आफूले अवस्थालाई विगतमा फर्काउनेू रहेको बताए।

अन्तर्वार्तामा, विक्रमसिङ्गले राष्ट्रपति राजपक्षको राजीनामा माग गरिरहेका प्रदर्शनकारीको भावनासँग आफू सहमत भएको बताएपनि तर त्यो नहुने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, आरोपले काम गर्दैन, मानिसहरूको पालनपोषणका लागि म यहाँ छु।
उहाँले आफूले राजपक्ष सरकारका सबै नीतिहरू परिवर्तन गर्ने बताउनुभयो ।

उहाँले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै भन्नुभयो हामीलाई तपाईँहरूको सहायता एक वर्षका लागि चाहिएको छ, हामीले तपाईँहरूबाट जे पाउँछौँ त्यो हामी फिर्ता गर्छौँ। यसका लागि हामीलाई मद्दत गर्नुहोस्। हामी एसियाको लामो समयदेखिको र पुरानो लोकतन्त्र हौँ, ।

 

प्रतिक्रिया

सम्बन्धित खवर