काठमाण्डौं, २१ फागुन । नेपाली कांग्रेस चितवन जिल्लाको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत निर्वाचित हुनु भएको छ।
क्रियाशील सदस्यता विवादको कारण महाधिवेशन अगाडि अधिवेशन हुन नसकेको चितवन काँग्रेसको नेतृत्वको लागि हिजो शुक्रबार मतदान भएको थियो ।
मतदान परिणाम अनुसार खनालले ७ सय ४६ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी मिलनबाबु श्रेषठले ६ सय ६२ मत ल्याउनुभएको थियो । त्यसरी नै अन्य उम्मेदबारहरूमा उत्तम जोशीले ४७२, सूर्यकान्त घिमिरेले ४२६ र कोइरालाले ४१२ मत प्रप्त गर्नुभएको थियो ।
पहिलो चरणको यो निर्वाचनमा सबभन्दा बढी मत ल्याएका खनाल दोस्रो धेरै मत ल्याएका मिलनबाबु श्रेष्ठ दुबैको ५१ प्रतिशत मत पुगेको थिएन । काँग्रेसको विधान अनुसार सभापतिकोलागि ५१ प्रतिशत मत ल्याउनुपर्दछ । त्यसैले त्यहाँ आज दोस्रो चरणको मतदानको तयारी गरिदै थियो ।
तर दोस्रो चरणमा हुने मतदानमा खनालका निकटतम प्रितष्पर्धी मिलनबाबु श्रेष्ठले भाग नलिएर खनाललाई समर्थन गरेपछि उहाँ चितवनको सभापतिमा सर्वसम्मत छानिनुभएको हो ।
उता दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाउनु पूर्व नै अन्य २ जना उम्मेदवाहरू प्रा.डा.सूर्यकान्त घिमिरे र उत्तम जोशीले खनाललाई समर्थन र सहयोग गर्ने घोषणा गरिसक्नु भएको थियो ।