काठमाडौं, १७ माघ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदको गतिरोध अन्त्य, एमसीसी, स्थानीय तहको निर्वाचनलगायतका विषयमा वर्ता भएको थियो ।