काठमाडौं, १८ साउन । काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीका अनुसार पक्राउपर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका ५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योती रहेका छन् ।

उनीहरुले एक महिलालाई आर्थिक प्रलोभन र डर त्रास देखाएर एक महिनासम्म बेश्यावृत्तिमा लगाएका थिए ।
उनीहरुलाई पीडित महिलाको उजुरीको आधारमा पक्राउ गरिएको थियो ।

प्रवक्ता द्विवेदीका अनुसार काठमाण्डौ जिल्ला अदालतको आदेश अनसार पक्राउ प्रतिवादीहरुलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ । प्रहरीका अनुसार उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर