काठमाडौँ, २३ असार । बलिउडमा ट्र्याजेडी किङ  भनेर चिनिने अभिनेता दिलीप कुमार आज बिहान अस्पतालमा अन्तिम सास लिनुभयो।
उहा ९८ बर्षको हुनुहुन्थ्यो ।  बलिउडमा  उहाको मृत्युको कारण शोकको लहर छ।

पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका  कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान  छैनन्।

सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो। हालैका महिनाहरूमा उनको स्वास्थ्यस्थिति पटकपटक बिग्रिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर