कञ्चनपुर, ९ कात्तिक । कञ्चनपुरको विभिन्न क्षेत्रबाट प्रहरीले गरेको कार्यवाहीबाट ८४ लाख रुपियाँ बढीका सामान बरामद गरेको छ ।

कारबाहीको क्रममा किराना सामान, मोटरसाइकल, मदिरा, कस्मेटिक सामग्री, कपडाल गायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

कार्यालयका अनुसार असोज महिनामा जिल्लास्थित विभिन्न सिमा इलाकामा गरिएको कारबाहीको क्रममा ८४ लाख आठ हजार मूल्य बराबरको अवैध भन्सार छलीका सामग्री बरामद गरिएको बताउनुभयो ।

भन्सार छलीका सामान सहित ८ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ । त्यसैगरी, गत महिनामा खुला सिमा नाकाबाट ल्याएको ८६ ग्राम खैरो हेरोइन, १२६ एम्पुल फेनारगन, समेत स्पास ४०८ क्याप्सुल र ट्रामाडोल ८७ ट्याब्लेटसहित ३४ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर