काठमाडौँ, २४ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबीले) इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा विनिता खड्कालाई पक्राउ गरेको छ ।
खडका नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार रहेकी छिन । उनलाई महाधिवेशन स्थल खुल्लामन्चबाट पक्राउ गरिएको सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाईंमार्फत खड्काको नामसमेत अनुसन्धानमा जोडिएको थियो । सोही प्रकरणमा थप अनुसन्धान गर्ने क्रममा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
