काठमाडौँ, २९ भदौः ‘सिजी प्रोपर्टिज’ ले काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’ को आयोजना गर्ने भएको छ ।
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित आयोजित यस एक्स्पोमा घर जग्गा खरिदकर्ताका लागि थुप्रै आकर्षक अफरहरू सार्वजनिक गरिएका छन् । असोज १ देखि ४ गतेसम्म आयोजना हुने उक्त एक्सपोमा रु ७७ लाख ५० हजारको घर योजना, २५ प्रतिशत छुट र रु पाँच हजार एकको टोकन बैना अफर गरिएको मीना अर्यालले इमेलमार्फत जानकारी दिनुभएको छ ।
काठमाडौँ नजिकै नुवाकोट र रसुवाका बासिन्दालाई पायक पर्ने क्षेत्रमा) तीन बेडरुमसहितको दुईतले आकर्षक घर करिब रु एक करोड ४० लाखसम्ममा उपलब्ध गराउने अवधारणा ‘सिजी प्रोपर्टिजले प्रस्तुत गरेको छ ।
