काठमाडौं, २७ भदौ । वरिष्ठ पत्रकार युवराज गौतमको मुटुको चाल बन्द भएपछि निधन भएको छ । उहाँ ६६ वर्षको हुनुहुन्थ्यो ।

श्वासप्रश्वासमा समस्या भई आज (भदौ २७) बिहान बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको अस्पतालमा उनलाई बेहोस अवस्थामा उपचारका निम्ति लगिएको थियो । गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डा. दिवाकार सिंह थापाले जानकारी दिनुभयो ।

इलाममा सन् १९६० मा जन्मिएका लेखक समेत रहेका गौतम गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक पनि थिए । उनको अन्त्येष्टि आइतबार (भदौ २८) गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर