काठमाडौँ,२ भदौ।  नेपाली कांग्रेसले आफ्नो १५ औँ केन्द्रीय महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

सार्वजनिक कार्यतालिकाअनुसार गाउँ-नगरको वडा अधिवेशनको मिति भदौ २४ गते तोकिएको छ।साथै असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले सो जानकारी दिएका हुन् ।

कार्यतालिका अनुसार निर्वाचन प्रतिनिधिहरूलाई भदौ २ देखि १० गतेसम्म अभिमुखीकरण तालिम दिइनेछ भने भदौ ११ गते निर्वाचन अधिकृतहरूलाई जिल्लामा खटाइनेछ । वडामा निर्वाचन प्रतिनिधि खटाउने काम भदौ १५ गते हुने र १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए।

यस्तो छ, कार्यतालिका

प्रतिक्रिया

सम्बन्धित खवर