काठमाडौँ, २८ साउन । नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनाको विदेश उपचारपछि आज स्वदेश फर्किनुभएको छ ।

उहाँलाई स्वागत गर्न काङ्ग्रेसका केही नेता र कार्यकर्ता विमानस्थल पुगेका थिए ।

जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते हुनुभएका पूर्वसभापति देउवाले स्वदेश फर्किएलगत्तै एक विशेष सन्देश जारी गर्दै देशमा राष्ट्रिय एकता सुदृढ बनाउन र विगतका विभाजन एवम् विद्वेषका घाउहरू निको पार्न आह्वान गर्नुभएको छ।

आफ्नो सन्देशमा उहाँले आफू कुनै शक्ति प्राप्त गर्नका लागि नभई राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्यका साथ स्वदेश फर्किएको स्पष्ट पार्नुभएको छ

पूर्वसभापति देउवाले जारी गर्नुभएको वक्तव्यमा मुलुकको विद्यमान जटिल परिस्थितिलाई समाधान गर्न सम्पूर्ण राजनीतिक तथा प्रजातान्त्रिक शक्ति एकाकार हुनुपर्नेमा जोड दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर