काठमाडौ, ८ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिने भन्दै यसैले नै भविष्य निर्माणको सुनौलो बाटो पनि तय गर्दछ भन्नुभयो ।

राष्ट्रपति पौडेलले उक्त विचार आज यहाँ राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै वताउनुभएको हो ।

कार्यक्रममा सीमाविद् बुद्धि नारायण श्रेष्ठलाई सम्मान गरियो ।

उहाँले वीर पुर्खाले हाम्रो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवम् सार्वभौमसत्ताका लागि गरेको बलिदान र पुर्‍याएको योगदान स्तुत्य भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्रप्रेमप्रतिको अगाध आस्था र प्रतिबद्धतालाई किमार्थ विचलित हुन दिनु नहुने पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाएका भीमसेना थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उनको मूलमन्त्र भएको भन्दै ‘अङ्ग्रेजसँग भएको युद्धमा ठूलो मूल्य चुकाउनुपरे पनि उहाँको राष्ट्रभक्तिकै अडानले नेपाल स्वतन्त्र रहन सक्यो।’
उल्लेख गर्नुभयो ।
उहाँले थापा एक इमानदार र कुशल प्रशासक भएको बताउँदै आफ्नो शासनकालमा सामाजिक, आर्थिक, कानुनी र सेनाको आधुनिकीकरणलगायत क्षेत्रमा गरेको सुधारका कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर